Friday , November 24 2017
Home / Interview / सञ्चालनको पहिलो वर्षनै बोर्डमा पर्न सफल भयौ : शिशिर उप्रेती ( प्रिन्सिपल एभरेष्ट फ्लोरिडा कलेज )

सञ्चालनको पहिलो वर्षनै बोर्डमा पर्न सफल भयौ : शिशिर उप्रेती ( प्रिन्सिपल एभरेष्ट फ्लोरिडा कलेज )

11755191_404129009779863_7469568044253763859_n

 

 

 

 

 

 

एजुकेसन रे ः एभरेष्ट फ्लोरिडा कलेजको पृष्ठभूमि बताइदिनुहोस् न?

शिशिर उप्रेती ः २०६९ सालमा मानविकी, व्यवस्थापन, विज्ञान संकाय पढाइ हुने काठमाडौं उपत्यकाका दशभन्दा बढी उत्कृष्ट कलेजभित्रका पनि उत्कृष्ट शिक्षक र व्यवस्थापकहरुको सहकार्यमा यस कलेजको स्थापना भएको हो ।

एजुकेसन रे ः यसको नामाकरण गर्नुको पछाडीका कारणहरु के हुन् ?

शिशिर उप्रेती ः सुरुमा यसको स्थापना गर्दा फ्लोरिडा उच्च मा.वि. नामाकरण गरेका थियौं । फ्लोरिड भनेको पूmलको एक किसिम हो । भर्खर विद्यालय तहको अध्ययन सकेर उच्च मा.वि.मा पढ्न आउने विद्यार्थीहरु एक किसिमले फुल नै हुन् । विभिन्न रंगका, विभिन्न किसिमका, विभिन्न सुगन्धका पूmलहरुको फुलबारीको रुपमा यस संस्थालाई उत्कृष्ट बगैंचा बनाउने उद्देश्यका साथ यसको नामाकरण गरिएको हो । पछि यसलाई अमेरिकाको फ्लोरिडा सहरको रुपमा बुझियो । जसले अंग्रेजी नामाकरण भएको अर्थ लाग्न गयो । त्यसकारण पनि विश्वकै अग्लो शिखर भएको नेपालको सुन्दर पूmलबारी भन्ने अर्थमा एभरेष्ट फ्लोरिडा नामाकरण गरिएको हो ।

एजुकेसन रे ः यस कलेजमै विद्यार्थीहरु किन आउने ?

शिशिर उप्रेती ः पहिलो कुरा त कलेज गुणस्तरीय शिक्षा दिनुपर्छ भन्नेमा प्रतिबद्ध छ । यो यस कलेजको विशेषता पनि हो । यसको प्रमाणको रुपमा पहिलो समूह परिणामलाई हेर्न सक्नुहुन्छ । पहिलो समूहमा २ जना विद्यार्थीको ८९.८८ प्रतिशतका साथ नेपालभरिका उत्कृष्ट १० मध्ये ५ जना यसै कलेजका पर्नु हो । ८० प्रतिशत भन्दा बढी विद्यार्थी विशिष्ट श्रेणी सहित प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् ।

एजुकेसन रे ः अन्य विशेषताहरु के के हुन् ?

शिशिर उप्रेती ः अन्य विशेषताहरुमा हामीसँग अन्तर्राष्ट्रिय स्तरको विज्ञान (केमेष्ट्री, फिजिक्स, बायोलोजी तीन वटै विभागका) प्रयोगशाला, १०० भन्दा बढी कम्प्युटर रहेको कम्प्युटर प्रयोगशाला, अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय, आफ्नै जमिन र भवन भएकाले कलेजको स्थायी संरचना हाम्रा विशेषता हुन् । साथै काठमाडौं उपत्यकाका विज्ञान, मानवीकि, व्यवस्थापन संकायका उत्कृष्ट शिक्षकहरु आफैं लगानीकर्ता पनि भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्जुसी नगरिनु समेत हाम्रो महत्वपूर्ण विशेषता हो । त्यसैगरी यस कलेजको गुणस्तरीयताको अनुपातमा शुल्क पनि न्यून रहनु पनि हाम्रो विशेषता नै हो ।

एजुकेसन रे ः यस कलेजमा कुन कुन संकायको अध्यापन गरिन्छ ?

शिशिर उप्रेती ः सुरुमा त विज्ञान, व्यवस्थापन र मानवीकि तीन वटै संकायको अध्यापन गर्ने गर्दथ्यौं । तर हाल आएर मानवीकितर्फ विद्यार्थी कम भर्ना हुने भएकाले यस वर्षदेखि विज्ञान र व्यवस्थापन मात्र अध्यापन गर्ने योजना बनाएका छौं ।

एजुकेसन रे ः व्यवस्थापन संकायमा कुन कुन विषयहरु छन् ?

शिशिर उप्रेती ः व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन र विजनेस स्टडिज विषयहरुमा हामी भर्ना लिन्छौं । विज्ञान तर्फ बायोलोजी र फिजिक्स विषयहरु अध्यापन गरिन्छ । साथै हामीले हाम्रा विद्यार्थीहरुलाई कलेजमै इन्जिनियरिङ्ग र मेडिकल क्षेत्रको प्रवेश परीक्षा तयारी कक्षा पनि संचालन गर्ने गर्दछौं ।

एजुकेसन रे ःकाठमाडौं उपत्यका र विशेष गरी कलेज रहेको बानेश्वर क्षेत्रमै पनि कयौं शैक्षिक संस्थाहरु छन् र ती मध्ये यो कलेज कुन अर्थमा फरक छ ?

शिशिर उप्रेती ः भर्खर स्थापनाको ३ वर्ष लागेकाले हामी आफैं फरक दावी त गर्दैनौं । तर हाम्रा विद्यार्थीहरुको नतिजा, शिक्षकहरुको क्रियाशीलताका आधारमा कलेज फरक छ भन्ने अभिभावकहरु टिप्पणी गर्ने गर्नुभएको छ । साथै कलेजको अर्को पहिचान भनेको अनुशासित वातावरण पनि हो । यहाँका शिक्षक, कर्मचारीहरु आफुपनि अनुशासनमा बस्छन् जसले विद्यार्थीहरुलाई पनि अनुशासनमा बस्नुपर्छ भन्ने प्रेरणा प्रदान गर्दछ ।

एजुकेसन रे ः पैसा नहुने तर राम्रो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि के के सुविधा छन् त यस कलेजमा ?

शिशिर उप्रेती ः पहिलो कुरा त यस कलेजमा मध्यमस्तरको शुल्क निर्धारण गरिएको छ । विज्ञान संकायमा वर्षको पचास हजार र व्यवस्थापनमा ३५ देखि ४० हजारसम्मको शुल्कमा गुणस्तरीय पढाइ हुने कलेज हाम्रो नै हो भन्नेमा हामी विश्वस्त छौं । त्यसले पनि यस कलेजमा शिक्षा महँगो छैन भन्ने हाम्रो दावी हो । त्यसका साथै हिसान र उच्च माध्यमिक शिक्षा परिषद्को सिफारिसमा प्रदान गरिने छात्रवृत्ति बाहेक अन्य ३५ देखि ४० जनालाई कलेजकै तर्फबाट छात्रवृत्ति प्रदान गर्ने गरेका छौं ।

एजुकेसन रे ः अन्त्यमा एजुकेसन रे मार्फत विद्यार्थी तथा अभिभावकहरुलाई कुनै सन्देश दिन चाहनुहुन्छ ?

शिशिर उप्रेती ः विद्यालय तह पार गरेर उच्च शिक्षा लिन तयार विदार्थीहरुले जुनसुनै संस्था छानेपनि नतिजा, अनुशासित वातावरण, शिक्षकहरुको योग्यता, भौतिक पूर्वाधारलाई विचार गर्नुभयो भने पछि पश्चाताप गर्नु पर्दैन । यदि माथि भनिएका विशेषताहरुलाई परीक्षण गर्न चाहनुहुन्छ भने एभरेष्ट फ्लोरिडा कलेजको ढोका हरदम खुला छ । अभिभावकको कसैटीमा कलेज खरो उत्रिन्छ भन्नेमा हामी दृढविश्वस्त छौं ।

Check Also

I want to help my homeland by transferring new knowledge, ideas, and technologies: Dr Ram Chandra Bhujel(Director,Aqua-Centre at AIT Thailand)

Dr Ram Chandra Bhujel Dr Ram Chandra Bhujel was invited as a key resource person …

Leave a Reply

Your email address will not be published. Required fields are marked *