Sunday , September 24 2017
Home / Interview / निजि क्षेत्रले अगालेकाे शिक्षाकाे माेडेल नै नेपालकाे लागी उपयुक्त :कर्ण बहादुर साही

निजि क्षेत्रले अगालेकाे शिक्षाकाे माेडेल नै नेपालकाे लागी उपयुक्त :कर्ण बहादुर साही

karana 

राष्टिय निजी तथा आवायसीय विद्यालय एशोसियसनका राष्टिय अध्यक्ष श्री कर्ण बहादुर शाहीसंग एजुकेशन रेज टिमले लिएकाे अन्तरवार्ता 

एजुकेशन रेज  –    स्वागत छ सरलार्इ ?

कर्ण शाही  –     धन्यवाद  ।

एजुकेशन रेज –  नेशनल प्याब्सनकाे हेटाैंडा महाधिवेशनमा निजि शिक्षा एेन बन्नु पर्छ भनेर पारित भएकाे थियाे तर २,३         वटा महाधिवेशन गर्इ सक्याे अहिले नयाँ संविधान बन्ने बेलामा किन निजि शिक्षाकाे बहस कतै सुनिदैन त ?

कर्ण शाही  –  वास्तवमा तपार्इले भनेकाे कुरा जयाज छ हामी निजि शिक्षाकाे जुन स्तरमा याेगदान छ गुणात्मक शिषा प्रदानगर्ने कुरामा अविभावकले गुणात्मक शिक्षा पाउनुपर्ने अभिलासालार्इ परिपुर्ति गर्ने सन्दर्भमा निजि विद्यालयले  लिमिटेशनका बावजुत जुन नानिहरूलार्इ  शतप्रतिशत नतिजा दिएर एउटा क्मपिटेन नागरिककाे रूपम दिएकाे अवस्था छ । अहिलेकाे संसार भनेकाे सुचना र प्रविधिकाे संसार हाे  सुचनाकाे प्रवध्दन गर्न कुरामा प्रचार  गर्न संगठन अलिचुकेकाे छ,संगठनकाे कमिकमजाेरी छ तर मिडियाका साथिहरूले जयाज कुरालार्इ उजागर गर्नु भएकाे छ त्याे सन्दर्भमा हामि छाै र एक किसिमकाे ट्रेनकाे हिसावमा निजि विद्यालयका भन्दा पर विध्यार्थी  दुर्इ गुणा बढि सामुदायि विद्यालयमा राज्यले लगानि गरे अनुसार नतिजा शून्य हुदा नकरात्मक परिणाम        अाउदा पनि निजि विद्यालयले खेलेकाे भुमिकालार्इ त्यहा लाग्नेहरूले कसरी हुन्छ सधै निचा देखाउने किसिमलेगर्दा यहा सवै मिडियालार्इ कन्भेस गर्न नसकेकाे जस्ताे लाग्दछ ।

एजुकेशन रे –  निजि शिक्षालार्इ अव एउटा छुट्टै व्यवस्था हुनुपर्छ भर्ने तपार्इहरूकाे मागलार्इ शिक्षाका निति निर्माताहरू के भन्नु हुन्छ  त ?

कर्ण शाही –   हामीले उठाएकाे विषय नेपालकाे धरातलिए अवस्था अनुसार तिस प्रतिशत भन्दा माथि विध्यार्थीहरू विद्यालय गर्इ रहेकाे अकुपेन्सि निजि विद्यालयले अाेगेटेकाे छ र जुनपरिणाम पनि शतप्रतिशत नतिजा अार्इरहेकाे  अवस्था देश विेदेशका विश्व विध्यालय गरेकाे उत्कृषट नतिजा र कम्पिटेन नागरिककाे रूपमा दिएकाे छ ।याे  नेपालकाे सन्दर्भमा एउटा माेडेलकाे रूपमा अायाे । सवै सरकारले हेर्ने र गर्ने भन्दा पनि निजि विद्यालयलार्इ  अझै राम्राे गर्न स्वायत्त र स्वअनुसानकाे अाधारमा लगेर वैज्ञानिक विधि अनुसार याे शिक्षा क्षेत्रलार्इ स्वायत्त   बनाउदा स्वअनुशासनकाे कुराले गर्दा व्यवस्थित गर्न अझ मध्दत पुग्छ ।

एनुकेशन रेज –  अहिलेकाे शिक्षा नियमावलि हेर्दा एउटा बुदा छ निजि विद्यालय सम्वन्धमा तर शिक्षा दुर्इटा नियमबाट चलेकाे छ यस्ताे अन्याेल र दुविधाबाट कहिलेसम्म चल्ला त ?

कर्ण शाही  –  पढाउने र पढ्ने भन्दा पनि राज्य, शिक्षा मन्त्रालय, सराेकारवाला छलफल गरी कुन माेडेल बाेकेर देश अगाडी जाने संसारमा प्रतिस्पर्धा गर्न सक्ने गुणात्मक शिक्षाकाे माेडेल के त ? अहिलेकाे नेपाल अवस्थामा स्वदेशि पुजि स्वदेशि व्यक्ति  सम्लग्न  संरचना निजि विद्यालय हाे । याे माेडेल किन राम्राे भयाे त  भनेर सवै  पक्ष लागेर सामुदायिक विद्यालयकाे स्तर सुधार गर्दै समग्र शिक्षालार्इ अगाडि बढा्उन वैज्ञानिक विधिकाे अाधारमा शिक्षा क्षेत्रका सवै पक्षलार्इ दायरामा राखी सवैलार्इ शिक्षा क्षेत्रकाे विकाशमा अझै उत्साहका साथ लाग्ने परिस्थिति बनाउन सलाग्नु जरूरी पर्दछ ।

एजुकेशन रेज –  सम्भवना कति देख्नु भा छ त ?

कर्ण शाही  –  हेर्ने सफलता हेा मिहिनेतका साथ याे क्षेत्र अगाडि बढेकाेछ । विभिन्न क्षेत्रमा विकृति र विस्गति भए जस्ताे क्षेत्रमा पनि हाेला हामि त्यसलार्इ बाेकेर हिडने भन्दा पनिसुधार गर्दै दायरामा लानुपर्छ भन्ने पक्षमा छाै तर राम्राे  तरीकाबाट शिक्षा दिदा पनि सामुदायिक विद्यालय भएका गल्ती नकरात्मक कुरा नदेखि समग्र निजि    विद्यालयले सर्धषका साथ सफल काम गर्दा पनि विकृति मात्र हाे भन्ने बुझाइ हटाउन जरूरी देख्दछु ।

एजुकेशन रेज – अाम जनताले बुझने भाषामा भनि दिनुस् न के मा असहमति छ त ?

कर्ण शाहि –  पहिले निजि विद्यालय नहुदा पनि अभिभावक अाफनाे बच्चाहरूलार्इ बिदेशमा पढाउनु हुन्थ्याे तर अहिले   अभिभावक धेरै सचेत हुनु  भएकाे छ । बच्चाका लागि अभिभावक सम्झाैता गर्नु हुन्न धेरै बुझने हुनु भएकाे छ ।   हामि मात्र जान्ने बुझने भनन मिल्दैन तर सरकारी शिक्षा वा सामुदायिक विद्यालय भन्ने नारा सरकारले  रटाउदैमा मान्न अभिभावक तयार हुनुहुदैन । सतहमा त्याे छ तर जवरजस्त ढङगले निजि विद्यालय प्रति  नकरात्मक कुरा मात्र हाे भन्नेर सवैलार्इ बुझाउन सकेमा याे हराउछ ।

एजुकेशन रेज –  नेशनल प्याब्सन र प्याब्सनका दुर्इजना अध्यक्ष अहिले संविधान सभा हुदा पनि किन याे सतहि कुरा चिर्न       सकेकाे  छैन त ?

कर्ण शाहि –    नेशनल प्याब्सन र प्याब्सनकै भने उहाहरू प्रस्तुत हुन सक्नु भएकाे छैन । उहाहरू विभिन्न पार्टिबाट त्यहा जानु भएकाे हाे । हाेला उहाहरूलार्इ पार्टिकाे बन्देज लाग्छ हाेला तर दुवै जना यहि क्षेत्रबाट प्रतिनित्व गर्नु भएकाे हुदा हामिले अाशा भराेसा गर्ने ठाउ छ र संगठनले पनि उहाहरूलार्इ झक-झकाउन सकेकाे छैन । उहाहरूलार्इ संगठनले बल दिनुपर्ने पनि हाे गर्न सकिएन हाेला । अव हिजेाकाे धङधङगिले कानून बनाएु हुदैन अहिलेकाे  धरातलिय अवस्थामा रहेर कानुन बनाइ निजि क्षेत्रले दिएकाे वर्षेनिकाे रिजल्ट प्रत्येक अभिभावककाे   ढड्कन बनेकाे छ । निजि क्षेत्रले अगालेकाे शिक्षाकाे माेडेल नै नेपालकाे सफल शिक्षाकाे एक मेरूण्ड हाे ।

एजुकेशन रेज – तपार्इकाे कुरा अाम अभिभावकले पत्याउनु हुन्छ त ?

कर्ण शाही – शिक्षाका बहस चलाउन जरूरी छ । कानून बनाउनेहरू सामुदायिक शिक्षाका बारेमा बाेल्दा प्रचार गर्दा हिराे बनिन्छ भन्ने परिपाटी छ । राज्यकाे बुझार्इमा पनि सामुदायिक स्कुलकाे मात्रै जिम्मेवारी हाे भन्ने बुझाइ चिर्नलार्इ  संगठनल अझै उर्जाशिल भएर अाफना एेजेन्डालार्इ मिडियामा शिक्षाकाे याे बहस अगाडी बढाउन सकेमा सब ठिक  गर्न सकिन्छ ।

एजुकेशन रेज –  निजि विद्यालय  सेवामुखि भन्दा नाफामुखि भएर यस्ताे बुझार्इ भएकाे हाे त ?

कर्ण शाहि – निजि विद्यालयले नाफाकाे अर्थ अभिभावकलार्इ बुझाउन सकिएकाे छैन । कुरूति र विकृतिकाे बारेमा बुझाउने     भन्दा पनि सामाजिक संस्था हाेस् वा कर तिरे संञ्चालन गरेर संस्थामा अार्थिक अनुशासनकाे कुरा गर्नु नाफाका  बारेमा लेखाजाेखा हुनुपर्छ बैध नाफा रूपमा लानुपर्छ । दायरा भित्रकाे नाफाकाे कुरा गर्नै पर्छ । निजि विद्यालयले  पनि एकदमै जाेगी बन्ने हिसावले गर्ने हाे भने जिम्मेवारी कम बन्दछ ।

एजुकेशन रेज – निजि विद्यालयमा अराजकता छ भनिन्छ एउटा निजि विद्यालयले एउटा कक्षामा पचास हजार एउटामा   किन पाच सय शुल्क लिइन्छ याे खाडल किन  ?

कर्ण शाही  –  सवैलार्इ एउटै बास्केटमा हालेर नहेर्नु हाेला । राज्यकाे नागरिक भएपछि कानून मान्नु पर्छ । यसमा हाम्राे संगठन पनि एक शुत्रिय छ । हामी याे मापदणडमा हिजाे पनि तयार थियाै अाज पनि छाै । लगानी अनुसारकाे जायज प्रतिफल खाेजिएकाे हाे । प्रतिफल खाेज्नु देश विकाशकाे मेन ब्याकप पनि हाे र त्याे प्रेरणा र उत्साहका साथ काम  गरेर राम्राे नतिजा दिदा काम खल्बलार्इ दिनुभयाे भने त सरकारी विद्यालयमा जस्तै अाए अाप गए जटाराेकाे जुन अवस्था छ त्याे निजि विद्यालयमा हुनु भएन ।

एजुकेशन रेज – खाडल बढि भयाे अाम अभिभावकमा बुझार्इ गलत भएन  ?

कर्ण शाहि –  सवै एउटै किसिमका गतिविधि गरेर वा एसी वा नन्एसी राखेर पढाउने  नाममा ५ र ५० हुनु भएन यसलार्इ निर्धारण गर्नु पर्याे । यसलार्इ नियमन भित्र राखेर गर्नु पर्छ । सवैले सहमति गरेकाे शुल्क निर्धारण समिति केन्द्र   जिल्लामा र तल्लाे तहमा पनि छ अव केन्द्रले थाप्र्ने भन्दा स्कूलतहमै शुल्क निर्धारण हुनुपर्छ । अव केन्द्रिकृत  भन्दा पनि विकेन्द्रितमा चलनु पर्छ । हामी अनुगमनमा जादा अध्ययन गर्दा  पनि एक दुर्इवटा स्कुलले जति   लिएपनि हुन्छ भन्ने  कुरालार्इ सवै स्कुल दाज्न् मिल्दैन ।  उहाहरूले राज्यसंग एक किसिम अनुमति  लिएर    राज्यले कानूनकाे दायरामा राखी ति स्कुलकाे पढाइ राष्टिय  अन्तराष्टियस्तर अनुसार हाे हाेइन हेरेर कानूनकाे                       दायरामा राख्नु पर्छ । बढि शुल्क लिने स्कुलले अाफुले लिएकाे शुल्ककाे प्रमाणित गर्न पनि सक्नुपर्छ ।

एजुकेशन रेज –  निजि विद्यालयले अाम अभिभावकलार्इ लुट्छन भन्ने अाराेप छ नि ?

कर्ण शाही –   विकृति विस्गति छन् ।  देशकाे कानुन अनुसार सवैलार्इ  कानुनकाे दायारा भन्दा बाहिर जान नदिने हाम्राे पनि दायित्व हुन्छ । देशकाे अायस्राेत अनुसार शुलक निर्धारण गर्नुपर्छ । अहिलेकाे शिक्षा नियमावलिकाे अनुसुचि                           २२ अनुसार लागतकाे अाधारमा शुल्क निर्धारण गर्ने प्रावधान छ । तर याे प्रावधान गलत हाे भन्छु म किनभने                       लागतकाे अाधारमा भन्ने कुरा मेक टु मेक अाधारमा लगानी गर्ने तर बढ्ने ठाउ नहुदा उसले क्वालिटि कसरी                           दिन्छ । लगानी बढाउनेले मात्र कमाउछ भन्नुभन्दा नियम कानुनकाे दायरामा सरकार र स्कुल संचालक बसेर                         निति निर्धारण गरेकाे शुल्कलार्इ ब्यवस्थित गर्नसके याे अाराेप चिर्न सकिन्छ ।

एजुकेशन रेज – देश संघियतामा जादै गर्दा संघिय प्रणाली अनुसार शिक्षाकाे अवधारणा यस्ताे हुनुपर्छ भन्ने बहस चलेकाे छ ?

कर्ण शाही –   २०२२ सम्म बिकसित राषट्रकाे रूपमा लग्ने राज्यकाे लषय लिए अनुरूप शिक्षाकाे बारेमा धेरै बहस हुनुपर्ने हाे     तर प्राप्त उपलब्धि संस्थागत गर्नेकुरामा दुइटा चुनाव भइ सक्दा पनि  हाम्रा लिडरहरू धेरै असफल भएकाे देखिन्छ । राजनिति पार्टिकाे पहलमा शिक्षाकाे विषयमा धेरै बहस हुनुपर्ने हाे किनभने देश विकासकाे  मेरूद०डकाे मुख्य अाधार शिक्षा हुदा पनि यसलार्इ कहि कतैबाट पहल कदमीका साथ अगाडी बढाएकाे अवस्था                         भने छैन ।

एजुकेशन रेज – बन्ने संविधानमा पनि शिक्षालार्इ माैलिक हकमा त राखिएकाे त छ नि ?

कर्ण शाही –  माैलिक हकमा राखे पनि त्यसलार्इ संचालन गर्ने अाधार कहाे त ? अाज पनि एक रूपिया लगानि नभएर  स्कुल गएका बच्चाहरूकाे ३० प्रतिशत अकुपेन्सि निजि विद्यालयले अाेगटेकाे छ । अाज पनि ५, १०        प्रतिशत बिध्यार्थी स्कुलकाे मुखै नदेख्ने अवस्थामा छन् नि । अहिले बजेटमा पनि त १२ प्रतिशत रिकस्ट पछि   शिक्षामा एक खर्वकाे लगानिकाे अनुसार  परिणाम के छ ,  पहुच नभएका लागी के गर्ने, निजि विद्यालयले                           गरेकाे काम अादीलार्इ तल्लाे तहसम्म बहसका रूपमा लानुपर्छ । तर हाम्रा सभासद, कानुनका निर्माताहरूमा   निजि विद्यालयकाे विराेध गरे हिराे भइन्छ भन्ने परिपार्टि बसेकाे छ ।

एजुकेशन रेज –  सभासद, सरकारी कर्मचारीकाे छाेराछाेरी निजि विद्यालयनै पढाउनु हुन्छ हैन र  ?

कर्ण शाही –   हाे उहाहरूकाे पहिलाे राेजाइ निजि विद्यलय नै हाे ।  देशकाे मुल कानुन बन्दै गर्छ तर २०२२ सम्म नेपाललार्इ विकसित राषट्रका रूपमा पुञ्याउने हाे भने त्याे कांध थाप्ने जनशक्ति उत्पादन गर्ने शिक्षालयकै बारेमा राजनिक ब्यक्ति, नितिनिर्माताहरूले  सराेकारवालाहरूसंग बहस गर्नु गराउनु जरूरी देख्नुहुन्न भने याे दुर्भाग्य नै हाे तर हामीले धचधचाइ रहेका छाै  । अवधारणा हाम्राे तर्फबाट दिएका छाै ।

एजुकेशन रेज – कक्षा एकमा तेह्र, चाैध लाख विध्यार्थी भर्ना दर छ तर पांच लाख विध्यार्थीले एसएलसि दिंदा हामी गर्व गर्छाै    त्याे नाै लाख विध्यार्थिहरू डपअाउट भइरहेका छन् यसकाे कारण के हाेला  ?

कर्ण शाही –  याे देशकाे विडमबना र भयावह चित्र हाे ।  यसमा निजि क्षेत्रकाे याेगदान छ र सरकारले पनि यसलार्इ अाफनाेकार्यक्षेत्र भित्र राख्नु पञ्याे । प्राइमरी लेवल, सेके०डरी लेवल मै डाटा राख्नु पञ्याे त्यहा गर्नुपर्ने अावश्यक   इन्टभेन्सन हामीले गर्न जरूरी छ र एसएलसिमा गएर मात्र मापद०ड राख्ने परिपार्टि हटाउदै सवै पक्ष साझेदारगर्दै पब्लिक, प्राइभेट र प्रार्टनरशिपका अाधारमा शिक्षा अगाडी बढाउने पक्षमा सवैलार्इ बुझाउनै सकिएन यसका  लागी सञ्चार माध्यमकाे साथ हामीलार्इ अावश्यक छ ।

एजेकेशन रेज –  शान्ति क्षेत्र बनाउने भनेर सवै पक्ष मिलेर निर्णय गर्नुभयाे तर कार्यन्वयन कतै भएन तपार्इहरू यसका बारेमा   किन बाेल्नु हुन्न, बिराेध र प्रतिकार किन गर्नुहुन्न त ?

कर्ण शाही – शान्ति क्षेत्र भनेर अमुर्त्र कुरा गरेर हुदैन मुर्त्र रूपमा शान्ति क्षेत्र बनाउने हाे भने २२० दिन कक्षा संचालन गर्न  विध्यार्थीले प्रत्येक पाठ पढ्न पाउने अधिकार, विध्यार्थीले  जसरी पनि स्कुल जान पाउने अधिकार नै शान्ति क्षेत्र   हाे ।  एम्बुलेन्सलार्इ जसरी छाेडिन्छ त्यसरी नै स्कुल बस पनि छाेड्नु पर्छ । राजनितिक पार्टि सम्झाैता र सिध्दान्त बनाउनु हुन्छ तर व्यवहारमा लागु गर्नु हुदैन । स्कुल बसमा ढुङगा हाने , ताला लगाए ठुलाे हुने गर्व गर्ने परिपार्टिअन्त्य नभएसम्म याे सम्भव छैन । पढार्इ भन्ने कुरालार्इ सम्झाैता नगर्ने, शान्ति क्षेत्रमा याे याे गर्ने भन्ने धारणाकाे  विकास हुनु पर्छ । पार्टिले दाेहाेराे मापदणडमा गरिने ब्यवहारमा सुधार गर्नु पर्छ । वास्तवमा जवरजस्ति पुरा गर्नुपरेकाे छ । वास्तवमा हामी धेरै पिडित यसबाट मुक्त हुनु पञ्याे भन्ने कुरा नै हाे ।

एजुकेशन रेज – अन्त्यमा तपार्इका केही कुरा छन् भने राख्नुस् न  ?

कर्ण शाही – अभिभावकहरूले सबै कुरा बुझेर प्रतिकृया दिनुहुन अनुराेध गर्दछु । तपार्इहरूले शिक्षा क्षेत्रलार्इ अगाडी बढाउन पहल गर्नु भएकाे छ । यसमा सफल हुनुहाेस् र २०२२ मा जुन किसिमले नेपाल सम्वृध्द राषट्र बनाउने कुरामा  सराेवाला, कानुन बनाउनेहरू बिचमा ध्यनाकर्षण गर्दे बहसका रूपमा तपार्इहरू अरू मिडियाका साथीहरूलार्इ  समेत  समेटेर अगाडी बढ्नुस भन्ने शुभेच्छा छ । मेरा बिचार प्रवाह गरी दिनु भएकाेमा तपार्इकाे टिमलार्इ      धन्यवाद छ ।

Check Also

I want to help my homeland by transferring new knowledge, ideas, and technologies: Dr Ram Chandra Bhujel(Director,Aqua-Centre at AIT Thailand)

Dr Ram Chandra Bhujel Dr Ram Chandra Bhujel was invited as a key resource person …

Leave a Reply

Your email address will not be published. Required fields are marked *